२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौंमा १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाइयो

अ+ अ-

काठमाडौँमा तिब्बतीमूलका नेपाली र तिब्बती शरणार्थीले विशेष धार्मिक कार्यक्रम गरी १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाएका छन्। कार्यक्रमसँगै सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी पनि बढाइएको छ।

काठमाडौँ । काठमाडौँमा बसोबास गर्ने तिब्बतीमूलका नेपाली तथा तिब्बती शरणार्थी समुदायले १४औँ दलाई लामाको ९१औँ जन्मदिन विशेष धार्मिक कार्यक्रमका साथ मनाएका छन्।

दलाई लामाको दीर्घायुको कामना गर्दै आयोजित कार्यक्रममा विशेष पूजा, प्रार्थना तथा परम्परागत बाजागाजासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। कार्यक्रममा नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

विश्वभर छरिएका तिब्बती समुदायले प्रत्येक वर्ष जुलाई ६ मा दलाई लामाको जन्मदिन विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत मनाउने गरेका छन्। सोमबार १४औँ दलाई लामा ९१ वर्ष पुगेका हुन्।

दलाई लामाले सन् १९५० मा तिब्बतको आध्यात्मिक तथा राजनीतिक नेतृत्व सम्हालेका थिए। सन् १९५९ मा चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि उनी भारत पुगेका थिए। त्यसयता उनी भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा निर्वासनको जीवन बिताइरहेका छन्।

यता, दलाई लामाको जन्मदिनका अवसरमा सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। तिब्बतीमूलका नेपाली तथा तिब्बती शरणार्थीको बाक्लो बसोबास रहेका बौद्ध, स्वयम्भू र जावलाखेल क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ।

नेपाल सरकारले दलाई लामाको जन्मदिनका अवसरमा चीनविरोधी गतिविधि हुन सक्ने भन्दै विगतदेखि नै तिब्बती शरणार्थीका राजनीतिक गतिविधिमाथि कडाइ गर्दै आएको छ।

0 Comments