२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय किताबखाना र कर्मचारी सञ्चयकोषबीच समझदारी, सेवा प्रणाली अन्तरआवद्ध हुने

अ+ अ-

काठमाडौं । राष्ट्रिय किताबखाना र कर्मचारी सञ्चय कोषबीच सेवा प्रणालीलाई अन्तरआवद्ध (इन्टरअपरेबिलिटी) बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। यससँगै दुवै निकायबीच सूचना आदानप्रदानका लागि नीतिगत आधार तयार भएको छ।

समझदारीपछि कर्मचारीको सेवा–सुविधा व्यवस्थापन गर्ने दुई प्रमुख सरकारी निकायका सूचना प्रणालीबीच अन्तरआवद्धता विस्तार हुने भएको छ। यसबाट राष्ट्रिय किताबखानाले सञ्चालन गरिरहेका फेसलेस सेवाहरू थप गुणस्तरीय, छिटोछरितो र प्रभावकारी हुने विश्वास गरिएको छ।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार दुवै निकायका संयुक्त प्राविधिक टोलीले आवश्यक एपिआई विकास गरिसकेपछि राष्ट्रिय किताबखानाका सेवामा मुख्य रूपमा दुई महत्वपूर्ण सुविधा थपिनेछन्।

उनका अनुसार प्रणालीगत अन्तरआवद्धता विकास भएपछि नयाँ नियुक्त कर्मचारीको सिटरोल दर्ता हुनेबित्तिकै सम्बन्धित कर्मचारीको मोबाइलमा संकेत नम्बरको जानकारी स्वतः प्राप्त हुनेछ। साथै, कर्मचारी सञ्चयकोषको सदस्य नम्बरसमेत स्वतः सिर्जना हुनेछ। यसबाट कर्मचारीले छुट्टै प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, ई–पेन्सन सेवामा सञ्चयकोषसम्बन्धी सेवा पनि एकीकृत गरिनेछ। यसअनुसार अवकाशप्राप्त कर्मचारीको ई–पेन्सन प्रक्रिया सम्पन्न भएसँगै सञ्चयकोष वापतको रकमसमेत स्वतः सम्बन्धित बैंक खातामा स्थानान्तरण हुने व्यवस्था गरिनेछ।

समझदारीपत्रमा राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र कर्मचारी सञ्चयकोषका निमित्त प्रशासक जीवनकुमार कटुवालले हस्ताक्षर गरेका छन्।

0 Comments