२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित ८ कर्मचारीविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वर काठमाडौँको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अस्पतालमा औषधि व्यवस्थापनमा व्यापक अनियमितता र सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले फार्मेसी अधिकृत ढुङ्गानासहित ८ कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार अस्पतालको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि आपूर्ति नै नभई बिल-बिजक सफ्टवेयरमा प्रविष्टि गर्ने, म्याद गुज्रिएका औषधि फिर्ता नगर्ने, स्टक अभिलेख र वास्तविक मौज्दातबीच ठूलो अन्तर राख्ने तथा सार्वजनिक सम्पत्तिमा हानी-नोक्सानी पुर्‍याउने कार्य गरेको अनुसन्धानबाट पुष्टि भएको हो।

अनुसन्धानका क्रममा अस्पतालको स्टोर तथा अन्य स्थानमा करोडौँ रुपैयाँ बराबरका म्याद गुज्रिएका औषधि थन्किएको, कम्प्युटर प्रणालीमा मौज्दात देखाइएका औषधि वास्तविक रूपमा स्टोरमा नभएको तथा आर्थिक वर्षको अन्त्यमा अनिवार्य रूपमा तयार गर्नुपर्ने खरिद, बिक्री र मौज्दातको सन्तुलन परीक्षणसमेत नगरेको भेटिएको आयोगले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशकले सम्झौताअनुसार म्याद गुज्रिएका वा बिक्री नभएका औषधि तत्काल आपूर्तिकर्तालाई फिर्ता गरी शोधभर्ना लिन जिम्मेवारी तोके पनि सम्बन्धित कर्मचारीहरूले त्यसको पालना नगरेको आरोप छ। बरु म्याद सकिएका औषधि हुँदाहुँदै पनि फिर्ता गर्नुपर्ने औषधि छैन भन्ने गलत लिखित जानकारी दिएर आपूर्तिकर्ता कम्पनीहरूको धरौटी रकमसमेत कट्टा नगरी फिर्ता गराइएको आयोगको निष्कर्ष छ।

आयोगका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको निजामती कर्मचारी अस्पतालको २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानी-नोक्सानी पुगेको देखिएको छ।

यस प्रकरणमा फार्मेसी युनिट इन्चार्जहरू संलग्न फार्मेसी युनिट इन्चार्जहरू दिनेश पन्त, दिपा ढुङ्गाना, लवेन्द्र कुँवर, दिपक सापकोटा, स्टोर किपर विनोद पोखरेल, केशव राज न्यौपाने, शर्मीला श्रेष्ठ तथा फार्मेसी सहायक सन्दिप तिवारीलाई प्रतिवादी बनाइएको छ।

Leave a Reply