२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवाद समाधानका लागि मुख्य नेतृत्वले पहल गर्नुपर्ने बताएका छन्। संस्थापन इतर समूहको बैठकमा बोल्दै उनले पार्टी विभाजनको अवस्था सिर्जना भए त्यसको जिम्मेवारी आफूहरूको कारणले नहुने दाबी गरेका हुन्।

चुनदेवीमा आयोजित बैठकलाई सम्बोधन गर्दै खड्काले पार्टी एकताको प्रयास गर्नुपर्ने पक्षहरू नै अहिले टाढा रहेको उल्लेख गरे। उनले सभापतिको इच्छाअनुसार पार्टीको आगामी दिशा तय हुने धारणा राखे।

खड्काले विगतमा पनि नेतृत्वको निर्णयका कारण पार्टी विभाजन भएको उदाहरण दिँदै अहिले पनि विभाजन वा एकताको अवस्था नेतृत्वको भूमिकामा निर्भर रहने बताए। उनले आफू र विमलेन्द्र निधिलगायतका नेताहरूले चाहेर मात्र पार्टी विभाजन हुन नसक्ने जिकिर गरे।

पार्टी एकताका लागि सभापति गगन थापाले पहल गर्नुपर्ने उनको भनाइ थियो। उनले नेतृत्वले अघि बढाएको बाटोबाट पछि फर्किन कठिन हुने भन्दै संवाद र सहमतिका लागि आवश्यक निर्णय लिन आग्रह गरे।

बैठकमा खड्काले केही महिनाअघि युवा नेताहरूसँग भएको छलफलको प्रसंगसमेत उल्लेख गरे। उनले पदको आकांक्षा नरहेको भन्दै युवा पुस्तालाई निर्णय प्रक्रियामा अघि बढ्न आग्रह गरेको र आफूहरू आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए।

सदस्यता अद्यावधिकको विषयमा समेत खड्काले अर्को पक्षका नेता डा. शेखर कोइरालासँग छलफल गरेर धारणा सार्वजनिक गरिएको जानकारी दिए। उनले प्रविधिको प्रयोगमार्फत ठुलो संख्यामा सदस्यता अद्यावधिक गरिएको दाबी गर्दै कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर सदस्यहरूसँग सम्पर्क गरिएको उल्लेख गरे।

खड्काले डा। शेखर कोइरालासँग पछिल्लो समय गम्भीर राजनीतिक विषयमा छलफल भएको जानकारी दिए। यद्यपि छलफलका विषय सार्वजनिक गर्न नमिल्ने उनको भनाइ थियो।

हाल आफूहरूलाई पर्याप्त राजनीतिक साथ नभएको उल्लेख गर्दै खड्काले सम्पर्क कार्यालय सञ्चालनका लागि समेत स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए। कार्यालय सञ्चालनका लागि विभिन्न तहका नेताहरूबाट आर्थिक सहयोग संकलन गर्ने व्यवस्था गरिएको जानकारी दिँदै उनले पूर्वपदाधिकारी, पूर्वमन्त्री तथा केन्द्रीय सदस्यहरूका लागि फरक-फरक योगदान रकम तोकिएको बताए।

राष्ट्रिय भेलाको मिति भने थप छलफलपछि तय गरिने उनले जानकारी दिए। तयारी पूरा नगरी मिति घोषणा गरेर पछि परिवर्तन गर्ने अवस्था आउन नहुने भन्दै उनले यस विषयमा केही दिनभित्र निर्णय लिइने बताए।

पार्टीभित्रको वर्तमान परिस्थिति आफूले अपेक्षा नगरेको उल्लेख गर्दै खड्काले नेतृत्व तहबाट हालको अवस्थासम्म पुग्ने संकेत पहिले नदिएको दाबी गरे। उनको सम्बोधनसँगै तीन दिनदेखि जारी संस्थापन इतर समूहको बैठक सम्पन्न भएको छ।

Leave a Reply