२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकका गुनासा सम्बोधनमा गृह मन्त्रालयको भूमिका प्रभावकारी हुनुपर्ने रास्वपा सांसद बानुको भनाइ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अफ्साना बानुले सरकारको कामकारबाहीमा नागरिकका समस्या र गुनासो सुन्ने संयन्त्र प्रभावकारी हुनुपर्ने बताएकी छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बानुले जनताका समस्या समाधान गर्नु सरकारको प्रमुख दायित्व भए पनि कतिपय अवस्थामा सम्बन्धित निकायबाट अपेक्षित जिम्मेवारी बोध देखिन नसकेको धारणा राखिन्।

उनले विशेष गरी गृह मन्त्रालयसँग जोडिएका जनसरोकारका विषयमा नागरिकले सम्पर्क गर्दा सहज पहुँच र प्रभावकारी प्रतिक्रिया नपाएको गुनासो आउने गरेको उल्लेख गरिन्।

गृह मन्त्रालय शान्ति सुरक्षा व्यवस्थापन गर्ने महत्वपूर्ण निकाय भएकाले त्यहाँबाट नागरिकमैत्री व्यवहार र उत्तरदायित्व अपेक्षित हुने उनको भनाइ थियो।

सांसद बानुले नागरिकका समस्या सम्बोधन गर्ने क्रममा गैर जिम्मेवार व्यवहार देखिनु उचित नभएको भन्दै सम्बन्धित निकायलाई संवेदनशील बन्न आग्रह गरिन्।

यसैबीच, उनले जेन जेड आन्दोलनका विषयमा गम्भीरतापूर्वक छलफल गर्दै समाधानको पहल र सहकार्य अघि बढाएको भन्दै पार्टी सभापति रवि लामिछानेको भूमिकाको प्रशंसा गरिन्। यस्ता पहलले युवापुस्तामा राज्यप्रतिको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

Leave a Reply