२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलाई लामा जन्मोत्सव कार्यक्रमबारे श्रेष्ठको आपत्ति, परराष्ट्र नीतिमा सरकारलाई सचेत हुन आग्रह

अ+ अ-

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्लो कूटनीतिक गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै नेपालको परम्परागत असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिको निरन्तरतामाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले नेपालमा तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव कार्यक्रम सरकारी स्वीकृतिमा आयोजना भएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएका हुन्। उक्त कार्यक्रममा विदेशी कूटनीतिक प्रतिनिधिहरूको सहभागितासमेत रहेको उल्लेख गर्दै उनले यसलाई सामान्य सांस्कृतिक गतिविधिका रूपमा मात्र हेर्न नसकिने धारणा राखेका छन्।

श्रेष्ठले पछिल्लो समय दलाई लामा र उहाँसँग सम्बन्धित पक्षबाट आएका विभिन्न सन्देश तथा गतिविधिहरूलाई लिएर पनि चासो व्यक्त गरेका छन्। उनले दलाई लामाको उत्तराधिकारी नेपालबाट घोषणा हुन सक्ने भन्ने चर्चासँग जोडेर सरकारको भूमिकामाथि थप प्रश्न उठाएका हुन्।

पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले नेपालको परराष्ट्र नीति कुनै बाह्य दबाब वा रणनीतिक स्वार्थबाट प्रभावित हुन नहुने उल्लेख गर्दै सरकार व्यवहारिक रूपमा असंलग्न नीतिबाट टाढिँदै गएको आरोप लगाए। उनका अनुसार राष्ट्रिय हित, सार्वभौमिकता र स्वाधीनताको संरक्षण नेपालको कूटनीतिक प्राथमिकताको केन्द्रमा रहनुपर्छ।

उनले कुनै पनि शक्ति राष्ट्रको रणनीतिक उद्देश्य अनुकूल हुने गरी राज्यका निर्णयहरू अघि बढे त्यसले नेपालको स्वतन्त्र पहिचान र राष्ट्रिय हितमा असर पार्न सक्ने चेतावनी दिएका छन्।

श्रेष्ठले सरकारलाई राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतासँग जोडिएका विषयमा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्दै यस्ता विषयमा आवश्यक परे राजनीतिक प्रतिरोधसमेत हुने बताएका छन्।

Leave a Reply