काठमाडौँ । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
घाइतेहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको छ। दुर्घटनाको कारणबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







