२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनसुनजन्य विपद् व्यवस्थापनका लागि निकायगत तयारीको समीक्षा गर्दै प्राधिकरण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनका क्रममा हुन सक्ने विपद्को प्रभाव घटाउन सम्बन्धित निकायबीचको समन्वय र तयारीलाई निरन्तरता दिएको छ।

प्राधिकरणमा आइतबार बसेको बैठकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका तयारी, विभिन्न निकायले गरेका कामको अवस्था र आवश्यक समन्वयका विषयमा समीक्षा गरेको हो। बैठकमार्फत सरोकारवाला निकायबाट अद्यावधिक विवरणसमेत संकलन गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले मनसुन अवधिमा हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न सरकार आवश्यक तयारीसहित अघि बढिरहेको बताए।

उनका अनुसार असार ४ गते गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकले विपद् जोखिम व्यवस्थापनसँग सम्बन्धित विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो।

आइतबारको बैठक सोही निर्देशन कार्यान्वयनको अवस्था, प्रगति र आगामी आवश्यक कदमबारे समीक्षा गर्न आयोजना गरिएको कार्यकारी प्रमुख कोइरालाले जानकारी दिए।

प्राधिकरणले मनसुन अवधिभर जोखिम न्यूनीकरण, पूर्वतयारी, सूचना आदानप्रदान र उद्धार तथा राहत व्यवस्थापनका लागि सम्बन्धित निकायसँग सहकार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ।

Leave a Reply