शब्दका सागर, ज्ञानका दीप ।
नेपाली भाषाका अमिट प्रतीक।।
तिम्रो कलमले उज्यालो छर्यो।
जनजनको मनमा आशा भर्यो।
संस्कृतका गहिरा श्लोकलाई।
जनभाषामा सहज बनायौ।।
रामायणको अमर सन्देश।
घरघरमा प्रेमले पुर्यायौ।।
घाँसीको प्रेरणा हृदयमा बोकी ।
सेवाको मार्ग रोज्न सिकायौ।।
नामभन्दा कर्म महान् हुन्छ।
त्यही सत्य जगमा देखाइदियौ।।
आज पनि तिम्रा अमर रचना।
समयसँगै अझ चम्किरहेका छन्।।
नेपाली भाषा र साहित्यको आकाशमा।
ध्रुवताराझैँ सधैँ उज्यालो छरिरहेका छन्।।
हाम्रो श्रद्धा, हाम्रो सम्मान
तिमीप्रति सधैँ अटल रहोस्।
नेपाली साहित्यको विशाल गगनमा
भानु तिम्रा कीर्ति युगौँ युग अमर रहोस्।







