२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन

अ+ अ-

काठमाडौँ । वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालनमा आएको छ ।

कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका-८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध भएको थियो ।

बिहानदेखि पहिरो पन्छाउने उपकरण प्रयोग गरेर करिडोर सञ्चालनको पहल गरिएकामा करिब आठ घण्टापछि सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । निरन्तर वर्षा र लेदोसहितको पहिरो बगिरहेकाले सडक खुलाउन समय लागेको उनको भनाइ छ ।

पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा सञ्चालन हुने यातायात ठप्प भएका थिए भने मुक्तिनाथ जाने पर्यटक अलपत्र परेका थिए । सडक खुलेसँगै सवारीसाधन गन्तव्यतर्फ लागेका प्रहरी नायब उपरीक्षक त्वातीले बताए ।

“निरन्तर वर्षा र बगिरहेको लेदोसहितको पहिरोका कारण सडक खुलाउन समय लाग्यो । लामो प्रयासपछि अहिले सडक खुलेको छ,” उनले भने, “सडक जोखिमपूण छ, यात्रा गर्दा सतर्कता अपनाएर यात्रा गर्न सवारी चालक तथा यात्रु सबैमा आग्रह गर्दछौँ ।”

0 Comments