काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकका लागि विभिन्न प्रतिवेदनहरू पेस गर्ने र विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गर्नेछिन्। यसका साथै उनले लोक सेवा आयोगको ६६ औँ वार्षिक प्रतिवेदन (२०८१ साउन-२०८२ असार)समेत बैठकमा पेस गर्ने कार्यसूची छ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन्। अनुमति पाएपछि उनले सोही विधेयक बैठकमा प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जनाएको छ ।








