३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक साताभित्र आत्मदाह प्रयासपछि तीन जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । पछिल्लो एक साताको अवधिमा आत्मदाहको प्रयास गरेका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुई जनाको वीर अस्पताल र एक जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो।

मृत्यु हुनेमा काठमाडौँको बुद्धनगर निवासी ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डल रहेका छन्।

राउतले आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गरेका थिए। घटनापछि प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो। शरीरको आधाभन्दा बढी भाग जलेका उनको सघन उपचारका क्रममा गत शनिबार मृत्यु भएको हो।

यस्तै, गणेश नेपालीले गत बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरनजिक पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उद्धारपछि वीर अस्पतालमा उपचाररत उनको पनि निधन भएको छ।

सर्लाहीका विवेक मण्डललाई आत्मदाह प्रयासपछि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उपचारकै क्रममा मंगलबार राति करिब २ बजे उनको मृत्यु भएको हो।

0 Comments