३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा नियमावली संशोधनप्रति सामुदायिक विद्यालय व्यवस्थापन महासंघको असन्तुष्टि

अ+ अ-

काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनप्रति असहमति जनाउँदै सरकारको निर्णयप्रति गम्भीर आपत्ति व्यक्त गरेको छ।

देशभरका २६ हजारभन्दा बढी सामुदायिक विद्यालयका व्यवस्थापन समितिको प्रतिनिधित्व गर्ने महासंघले संशोधित नियमावलीले सामुदायिक विद्यालयको व्यवस्थापन प्रणाली र समुदायको भूमिकालाई कमजोर बनाउने दाबी गरेको छ।

महासंघले जारी गरेको धारणा अनुसार नियमावली संशोधनका केही व्यवस्थाले विद्यालय व्यवस्थापन समितिको अधिकार क्षेत्र सीमित गर्ने प्रयास गरेको आरोप लगाइएको छ। यसले सामुदायिक विद्यालयको संस्थागत सुदृढीकरणभन्दा विपरीत प्रभाव पार्ने महासंघको भनाइ छ।

महासंघका अध्यक्ष काशीनाथ दंगालले नयाँ विद्यालय शिक्षा ऐनको तयारी भइरहेका बेला नियमावलीमार्फत गरिएको संशोधन उपयुक्त नभएको टिप्पणी गरेका छन्। उनका अनुसार संशोधित व्यवस्थाले विद्यालय व्यवस्थापन समितिको भूमिकालाई संकुचित बनाएको र स्थानीय समुदायको सहभागितालाई पर्याप्त महत्व नदिएको निष्कर्ष महासंघको छ।

महासंघले शिक्षा क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्था तय गर्दा सामुदायिक विद्यालय र सरोकारवाला पक्षसँग पर्याप्त परामर्श गरी अघि बढ्न सरकारसँग आग्रह गरेको छ।

0 Comments