काठमाडौँ । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसमा चार मन्त्रीहरूले राजीनामा दिएका छन् ।
नेकपा एमालेका नेता यामलाल कँडेल नेतृत्वको सरकारमा काँग्रेसबाट सहभागी सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले राजीनामा दिएका हुन् ।
प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्रीसमक्ष सामूहिक राजीनामा बुझाएको बताइएको छ ।







