काठमाडौँ । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी स्वरूप उद्योग परिसरमा सरसफाइ तथा विद्युत् जडानको काम भइरहेको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा शाखाका सूचना अधिकारी हिमालय भण्डारीले उद्योगभित्र अहिले प्रारम्भिक तयारीका कामलाई प्राथमिकता दिइएको जानकारी दिएका हुन् ।
सूचना अधिकारी भण्डारीका अनुसार उद्योग परिसरमा वर्षौँदेखि थुप्रिएको झारपात, फोहोर तथा अनावश्यक सामग्री हटाउने काम भइरहेको छ ।
साथै उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् प्रसारण तथा विद्युत् जडानको काम पनि सँगसँगै अघि बढाइएको छ ।
उनकाअनुसार यी काम पूरा भएपछि उद्योगभित्र रहेका भवन, मेसिन तथा अन्य संरचनाको विस्तृत प्राविधिक मूल्यांकन गरिनेछ ।







