एजेन्सी । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोको स्वदेश फिर्ती नरोकिने अमेरिकी कूटनीतिज्ञ लुइस मेन्डेजले बताएका छन् । उनले तोकिएका सर्तहरू भने मान्नु पर्ने चेतावनी दिए ।
यस विषयमा विदेश मन्त्रालयको नीति स्पष्ट रहेको उल्लेख गर्दै दक्षिण अमेरिकाका लागि उप सहायक सचिव लुइस मेन्डेजले अमेरिकाले मारिया कोरिनालाई स्वदेश फर्कन कुनै पनि बाधा नपुर्याउने बताए ।
मचाडोले गत डिसेम्बरमा नर्वेमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नका लागि भेनेजुएलाबाट बाहिए पछि आज सम्म स्वदेश नफर्केको जनाइएको छ । यसैबीच उनले भेनेजुएलाको सन्दर्भमा केही महत्त्वपूर्ण काम गर्न आवश्यक भएकाले स्वदेश फर्किँदै गर्दा कुनै अवरोध नगर्ने मेन्डेजले प्रष्ट परेका छन् ।
गत जुन –२४ मा आएको विनाशकारी भूकम्प पछि, मचाडोले धेरै पटक काराकास फर्कने प्रयास गरेता पनि भेनेजुएलाको कूटनीतिक दबाबले उनको प्रयासलाई अवरुद्ध गरेको जनाइएको छ ।
अमेरिकी सरकारले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई मचाडोलाई फर्कन अनुमतिको लागि सहजीकरण गर्न खोजेको हो, भन्ने प्रश्नको उत्तरमा मेन्डेजले अधिकारीहरूसँग आवश्यक समन्वय समेत गरेको बताए ।
गत जनवरीमा तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गरे देखि सत्तामा रहेका रोड्रिगेजले सरकारले अर्को महिना देखि विपक्षी दलका सदस्यहरूसँग भेट्ने योजना बनाएको उल्लेख गरे ।







