काठमाडौँ । कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ। नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेर जिम्मेवारी ग्रहण गरेका हुन्।
विश्वविद्यालयको नेतृत्व परिवर्तनसँगै शैक्षिक गतिविधि, प्रशासनिक व्यवस्थापन तथा संस्थागत क्षमता अभिवृद्धिका कामलाई योजनाबद्ध रूपमा अघि बढाउने तयारी गरिएको छ। पदभार ग्रहणका क्रममा विश्वविद्यालयलाई प्रभावकारी र सुदृढ संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यसअघि बुधबार सम्पन्न विश्वविद्यालयको सिनेट बैठकले प्रा. डा. जोशीलाई उपकुलपति तथा डा। चन्दलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको थियो।
नयाँ नेतृत्व आएपछि स्वास्थ्य शिक्षा विस्तार, अनुसन्धान प्रवर्द्धन, सेवा प्रणाली सुधार तथा विश्वविद्यालयको दीर्घकालीन संस्थागत विकासका कार्यक्रमले गति लिने अपेक्षा गरिएको छ।







