२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी-पहिरोको जोखिम: काठमाडौँ आवतजावत गर्ने सवारी र यात्रुलाई विशेष सावधानी अपनाउन अपिल

अ+ अ-

 काठमाडौँ । मनसुनी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै सडक मार्गबाट काठमाडौँ उपत्यकामा आवतजावत गर्ने सबै सवारीसाधन र यात्रुलाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको भारी वर्षा हुन सक्ने सम्भावित क्षेत्रहरूको ‘रेड अलर्ट’सूचनालाई ध्यानमा राख्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो।

सूचनाअनुसार काठमाडौँ उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा बाहिरिने नाकाबाट सञ्चालन हुने सार्वजनिक तथा निजी सबै प्रकारका सवारीसाधनका सवारी धनी, चालक, सहचालक र यात्रुले विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख छ ।

विगतका वर्षहरूमा रातिको समयमा बाढी र पहिरोका कारण गम्भीर क्षति भएको अवस्थालाई दृष्टिगत गर्दै सम्भावित भारी वर्षा हुने दिनमा विशेष गरी रातिको यात्रा गर्दा थप सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

साथै, सडकको कुनै खण्डमा अवरोध भए–नभएको यकिन जानकारी प्रहरी प्रशासनबाट लिएर मात्र यात्रा गर्न तथा सडक अवरुद्ध भएमा यात्रुलाई खाना, पानीको व्यवस्था मिलाउन र बाढी तथा पहिरोबाट सुरक्षित स्थानमा मात्र रोक्न अनुरोध गरिएको छ ।

आपत्कालीन अवस्थामा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बल नेपालका टोल–फ्रि नम्बर १००, १०३, १११४ र १२३४ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले सबैसँग अनुरोध गरेको छ ।

0 Comments