३ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्तकमैयाका समस्या समाधान गर्न अधिकार सम्पन्न निकायको माग

अ+ अ-

सुदूरपश्चिम । सरकारबाट पुन:स्थापना गर्न बाँकी रहेका मुक्तकमैयाको समस्या समाधान गर्न अधिकार सम्पन्न निकायको माग गरिएको छ । शनिबार कैलालीको धनगढीमा २६औँ कमैयामुक्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले पुन:स्थापनाका लागि सरकारले पहिचान गरेकामध्ये बाँकी रहेकाको समस्या समाधान गर्न यस्तो माग गरिएको हो । 

कार्यक्रममा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले सरकारले पुन:स्थापनासम्बन्धी अधिकांश काम सम्पन्न गरी केही मुक्तकमैयाको जिम्मा स्थानीय तहमा हस्तान्तरण गरे पनि करिब आठ वर्षसम्म पनि समस्या समाधान नभएको बताए । मुक्तकमैया समस्यालाई भूमिहीनसरह ठानेर स्थानीय तह वा भूमिसम्बन्धी आयोगबाट समाधान हुने भने पनि त्यसो नभएको भन्दै अधिकार सम्पन्न छुट्टै निकाय आवश्यक रहेको उनको भनाइ थियो । 

समाजका सुदूरपश्चिम अध्यक्ष चन्द्रप्रसाद चौधरीले २५ हजारभन्दा बढी मुक्तकमैयाको समस्या समाधान गरेर केही हजारको समस्या स्थानीय तहले गर्लान् भनेर छोड्दा अन्योल भएको बताए । उनले अब एकपटकका लागि मुक्तकमैयासम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न केन्द्र सरकारले नेतृत्व गर्नुपर्नेमा जोड दिए । 

अन्य सरोकारवालाले अधिकांश मुक्तकमैयाको पुन:स्थापना भइसकेको अवस्थामा अब बाँकीको समस्या पनि त्यसरी नै समाधान गर्न अग्रसरता लिनुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले जमिन दिने अधिकार संघीय तथा स्थानीय तहमा मात्र रहेकाले त्यसबाहेकका काममा सहयोग गर्न प्रदेश तहको भूमिका रहने बताए । उनले अब एकपटकका लागि तीनै तहका निकायको सहकार्यमा मुक्तकमैयालगायत विगतमा सरकारले मुक्त घोषणा गरेका समुदायको समस्या समाधान गर्नुपर्ने बताए । 

“म मन्त्रालयको नेतृत्वमा रहँदा जग्गा भएका मुक्तकमैयाको घर बनाउन अन्य निकायसँग सहकार्य गर्ने नीति अगाडि सारेको थिएँ । जग्गा नभएकाका लागि हामीले केही गर्ने अवस्था रहेन”, उनले भने, “जग्गासम्बन्धी अधिकार केन्द्र र स्थानीय तहमा भएकाले त्यसको व्यवस्थापन गरिएमा प्रदेश सरकारले बाँकी काममा सहकार्य गर्छ । हामीले कार्यविधि बनाएर त्यो काम सुरु गरिसकेका छौँ ।”

राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम प्रमुख सहसचिव प्रकाशदत्त भट्टले संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएकाले त्यसको पालना गरिनुपर्ने बताए । उनले अधिकारप्राप्त निकाय, सरोकार भएका र व्यक्तिले पनि मुक्तकमैयाको समग्र मानवअधिकारको अवस्था सुधारका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल बार एसोसिएसन कैलालीका अध्यक्ष नाथुराम महतो, गैरसरकारी संस्था महासङ्घका प्रदेश सचिव नरेन्द्र ओझा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि मैनामती चौधरी, कमैया प्रथा उन्मूलन समाजका अध्यक्ष सीताराम चौधरी, याक नेपालका अनुगमन अधिकृत पवित्रा भट्टलगायतले मुक्तकमैयाहरूको सम्मानित जीवनका लागि सबै गम्भीर बन्नुपर्नेमा जोड दिए । 

सरकारले २०५७ साउन २ गते कमैयामुक्ति घोषणा गरेको थियो । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा गरी ३२ हजार ५०९ परिवारलाई मुक्तकमैयाको परिचयपत्र प्रदान गरिएको थियो । त्यसमा  पुन:स्थापना गर्न योग्य ठहरिएका २७ हजार ५७० परिवारमध्ये २७ हजार २१ परिवारले पुन:स्थापना प्याकेज पाएका थिए । केन्द्र सरकारले आव २०७५/७६ पछि अधिकांशको पुन:स्थापना सम्पन्न गरिएको जनाउँदै बाँकी ३०० जनालाई स्थानीय सरकारले काम गर्ने गरी हस्तान्तरण गरेको तथ्याङ्क छ । मुक्तकमैया क्षेत्रका सङ्घसंस्थाले भने सरकारले पहिचान गरेकाहरूमध्ये २५ हजार १९५ परिवारले मात्रै सुविधा पाएको दाबी गर्दै आएका छन् ।

0 Comments