४ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रौतहट प्रहरीको एक वर्ष: ४४८ फरार प्रतिवादी पक्राउ

अ+ अ-

पर्सा । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न मुद्दामा ६९४ जनालाई पक्राउ गरेको छ ।

कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा रु पाँच करोडभन्दा बढी मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको जनाएको छ । वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले वर्षभरि एक हजार १५२ वटा मुद्दा दर्ता भएको जानकारी दिए ।

तीमध्ये ६८० वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने ४७२ वटा अनुसन्धानकै क्रममा छन् । त्यस्तै चार हजार ८५० ठाडो उजुरी परेकामा चार हजार ३८० फर्छ्योट भएको र ४७० प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।

लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरिएको एसपी रिजालले बताए । उनले भने, “यस अवधिमा ८४७ किलो ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर, चार हजार २६५ नशालु एम्पुल तथा १३ हजार ९१६ वटा लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको छ ।”

अदालतको फैसला कार्यान्वयन अभियानमा प्रहरीले ४४८ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै रु. ६९ लाख ७१ हजार ८७४ जरिवाना असुल गरिएको छ ।

अवैध हातहतियार नियन्त्रण अभियानअन्तर्गत छ थान हतियार र ११ राउन्ड गोली बरामद गरिएको छ भने तीन जनालाई पक्राउ गरिएको छ । यस्तै, खोटा मुद्रासम्बन्धी तीन वटा मुद्दामा सात जनाविरुद्ध कारबाही अघि बढाइएको र एक लाख ३६ हजार नक्कली नोट बरामद गरिएको एसपी रिजालले बताए ।

ट्राफिक व्यवस्थापनतर्फ आर्थिक वर्षभरि एक हजार ८८ वटा सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको तथा एक हजार ६९६ जना घाइते भएका छन् ।

ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २५५ सवारीसाधनलाई कारबाही गर्दा रु. एक करोड एक लाख ३७ हजार राजस्व संकलन भएको प्रहरीले जनाएको छ । भन्सार छली नियन्त्रण अभियानमा १८ जनालाई पक्राउ गरी १५५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । यस क्रममा रु पाँच करोड ९२ लाख ५५ हजार ७२१ बराबरका राजस्व छलीका सामान भन्सार कार्यालयमा दाखिला गरिएको एसपी रिजालले बताए ।

प्रहरीले स्रोत नखुलेको रु. १३ लाख ६२ हजार २०० सहित चार जनालाई पक्राउ गरेको छ । अवैध सालको काठ बरामद गरी रु. पाँच लाख ९५ हजार २२५ राजस्व संकलन भएको छ ।

नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने ३० सवारीसाधनसहित तीन जनालाई पक्राउ गरी रु. दुई लाख ५७ हजार ३०० राजस्व संकलन गरिएको छ ।

एक वर्षको अवधिमा एक लाख ३३ हजार ७६४ सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय रौतहटबाट विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन् । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वर्षभरि १५४ कार्यक्रम सञ्चालन भएको थियो ।

0 Comments