६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

अ+ अ-

काठमाडौँ। सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सिम्ताबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी सडक खण्डमा अनियन्त्रित भई पल्टिएको हो। दुर्घटना बुधबार भएको जनाइएको छ।

गुर्भाकोट नगरपालिका-१३ सेराघारीका करिब ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा चालक भने सकुशल रहेको र बाँकी १९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूको उद्धार गरी सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेमध्ये सिम्ता गाउँपालिका-९ का ४० वर्षीय गणेश वलीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ।

त्यस्तै, गुर्भाकोट नगरपालिका-१३ की ५ वर्षीया रियाज शाही र तनहुँ घर बताउने ३९ वर्षीया भावना राईको अवस्था पनि गम्भीर रहेको छ। रियाजको कर्णाली केयर अस्पताल र भावना राईको माया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरूको कर्णाली केयर अस्पताल, माया अस्पताल र मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

0 Comments