काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्की थाइल्यान्डको बैंककमा आयोजना भएको ‘एफबीआई क्षेत्रीय सम्मेलन अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम’ मा सहभागी भई स्वदेश फर्किएका छन्।
प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक राजन अधिकारी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूले औपचारिक स्वागत गरेका छन्।
उक्त सम्मेलनमा स्क्याम सेन्टर (ठगी सञ्चालन हुने केन्द्र), अन्तरदेशीय संगठित अपराध तथा यस्ता अपराध नियन्त्रणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्य र सुरक्षा रणनीतिका विषयमा छलफल भएको जनाइएको छ।







