७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)

अ+ अ-

काठमाडौँ । देशकै प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिपट्टि (पूर्वी किनार/मनोहरा क्षेत्र) खुला रूपमा फोहोर थुपारिँदा हवाई उडान सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर परेको छ ।

खुला क्षेत्रमा मासुका अवशेष, कुहिएका फलफूल तथा प्लास्टिकयुक्त फोहोर फाल्ने क्रम बढेपछि आकाशमा चिल, गिद्ध, भुस्याहा कुकुर र कौवाको चहलपहल तिब्र बनेको छ । जसका कारण दैनिक उडान र अवतरणमा बर्ड स्ट्राइक (पक्षी ठोक्किने) को ठूलो जोखिम बढेको छ ।

विमानस्थलको रनवे एप्रोच लाइट र तारबार नजिकै जथाभाबी फोहोर थुपारिएको र यसले उडानमै अवरोध पुर्‍याएको चौतर्फी गुनासो आएपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा एक टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।

‘अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै खुला फोहोर फाल्नु उडान सुरक्षामा गम्भीर आँच पुर्‍याउनु हो । फोहोरका कारण पक्षीहरू आएर उडान प्रभावित हुने समस्या रहन्छ ।’ उनले भनिन्, अनुगमनका क्रममा विमानस्थलको पर्खालसँगै जोडिएका कच्ची सडक र खुला जग्गामा मासु पसलबाट ल्याइएका हड्डी तथा छालायुक्त फोहोर, फलफूलका अवशेष, र ढलको दूषित पानी सडकमै थुप्रिएर गन्हाउने अवस्था पाइएको छ ।

वर्षातको समयमा फोहोरको लेदो सडकभरि फैलिँदा वरपरका स्थानीय बासिन्दामा झाडापखाला, हैजा र डेंगु जस्ता सङ्क्रामक रोग फैलिने उच्च जोखिमसमेत देखिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्र आसपास खुला फोहोर फाल्नु राष्ट्रिय सुरक्षा र नागरिकको जीवनमाथि नै ठूलो खेलबाड हो । हवाई उडानको दृष्टिकोणले यो अति नै संवेदनशील क्षेत्र हो । फोहोरका कारण चिल र गिद्ध आकाशमा झुम्मिँदा जहाज दुर्घटनाको ठूलो खतरा रहन्छ । जथाभाबी फोहोर फाल्ने व्यक्ति तथा फार्महरूलाई तत्काल कडा कारबाही गर्नुपर्छ ।

0 Comments