काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
खेल सुरु हुनुअघि भएको टसमा नेदरल्यान्ड्सले जित हासिल गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । घरेलु टोलीले पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो ।
सिरिजमा आफ्नो प्रदर्शन सुधार गर्दै अंक जोड्ने लक्ष्यसहित नेपाल नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रिएको हो ।







