७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने गरी अन्तिम तयारी सुरु

अ+ अ-

काठमाडौँ । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढाएको छ । यही साता भर्ना खुल्ने तयारी भएसँगै स्नातक तहमा विदेशी विद्यार्थी भर्ना लिने गरी अन्तिम तयारी सुरु गरिएको हो ।

विश्वविद्यालयले नीतिगत रूपमा अन्तिम निर्णय गरेर भर्ना आह्वान गर्ने तयारी भइरहेको जनाएको छ । विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले विदेशी विद्यार्थी भर्नासम्बन्धी विषयमा भएको छलफल अन्तिम चरणमा पुगे पनि निर्णय भने भई नसकेको बताए । भर्ना आह्वान हुनुअघि नीतिगत रूपमा सम्पूर्ण तयारी र व्यवस्थापनका लागि सरोकार भएका व्यक्तिसँग छलफल भइरहेको उनले जानकारी दिए। 

“कुनै पनि विश्वविद्यालय अन्तरराष्ट्रियस्तरको स्तरनिर्धारण गर्नका लागि विदेशी विद्यार्थीको अध्यापन हुनु जरुरी हुन्छ । विश्वविद्यालयलाई अन्तरराष्ट्रियस्तरको बनाउने विभिन्न मापदण्डमध्ये विदेशी विद्यार्थीको अध्यापन एक महत्वपूर्ण आधार भएकाले विदेशी विद्यार्थी भर्नाका लागि छलफल अघि बढाइएको हो”, योजना निर्देशक तिमिल्सिनाले भने ।

नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले छोटा अवधिमा अनुसन्धानका कार्यक्रम सञ्चालन गर्नुका साथै विदेशी विद्यार्थीको सीप विकासका लागि कक्षा सञ्चालन गरे पनि शैक्षिक उपाधि प्राप्त गर्ने गरी विद्यार्थी भर्नामार्फत अध्ययन र अनुसन्धानको कार्यक्रम सञ्चालन नगरेको योजना निर्देशक तिमिल्सिनाले जानकारी दिए ।

विश्वविद्यालयले कृषि, वन विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञानको स्नातक कार्यक्रममा विदेशी विद्यार्थी भर्नाको तयारी पनि गरेको हो । तीनवटै संकायका चार कार्यक्रममा विदेशी विद्यार्थी भर्ना लिन लागिएको जनाउँदै कति सङ्ख्यामा भर्ना लिने र शुल्क कति लिने भन्ने विषयमा निर्णय लिन बाँकी रहेको उनले जानकारी दिए ।

0 Comments