९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठी पत्र तथा हुलाक सामग्री ओसारपसार

अ+ अ-

कैलाली । मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक सेवा ओझेलमा परेको धारणा रहे पनि कैलालीमा यसको प्रयोग अझै उल्लेख्य रहेको देखिएको छ ।

हुलाक निर्देशनालय कैलालीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक लाख २७ हजार ६२० वटा चिठीपत्र तथा हुलाक सामग्री आयात–निर्यात भएका छन् । तथ्यांकअनुसार हुलाक निर्देशनालयमार्फत आयात निर्याततर्फ समान ६३ हजार ८१० हुलाक सामग्री ओसारपसार गरिएको छ । तीमध्ये सबैभन्दा धेरै ‘रजिष्ट्री’ चिठीको कारोबार भएको छ । जसमा आयात निर्याततर्फ समान ५२ हजार ६९९ रजिष्ट्री चिठी दर्ता भई सेवा प्रवाह गरिएको सूचना अधिकारी अनिश तामाङले जानकारी दिए ।

विदेशबाट आउने तथा विदेश पठाइने पत्र सेवा पनि जारी छ । यसमा समान ४७० पत्र आयात निर्यात गरिएका छन् । कार्यालयले २४ घण्टाभित्र प्रदान गर्ने द्रुत डाँक सेवा (ईएमएस) पनि सञ्चालन गरिरहेको छ । यस सेवाबाट वर्षभर दुई हजार ७२३ सामग्री आदानप्रदान गरिएका छन् ।

हुलाक निर्देशनालयले सञ्चार क्षेत्रको नियमनसमेत निरन्तर गरिरहेको छ । एक वर्षमा २१ वटा अनलाइन सञ्चार माध्यम, ३७ वटा प्रेस प्रतिनिधि परिचयपत्र तथा १५ वटा एफएम रेडियोको इजाजत तथा लाइसेन्स नवीकरण गरिएको छ । राजस्व संकलनतर्फ टिकट बिक्री तथा अन्य शीर्षकबाट रु ६४ लाख ३१ हजार ९०३ राजस्व संकलन भएको निर्देशनालयले जनाएको छ ।

हुलाक निर्देशक सिद्धराज जोशीले सीमित स्रोतसाधन र जनशक्तिका बीच पनि आफूहरूले निरन्तर सेवा दिइरहेको बताए । उनले हुलाक सेवाको महत्त्व, यसको उपयोगितालगायत विषयमा प्रचार गर्ने हुलाक प्रतिनिधिलाई पुनर्ताजगी तालिम, सूचनाको हकसम्बन्धी अन्तरक्रिया, विद्यालयमा हुलाक सेवाबारे कक्षा सञ्चालन तथा हुलाक सेवा प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

“सरकारले हुलाक सेवाको सुधार तथा आधुनिकीकरण गर्ने नीति लिएको छ । एक सय दिने कार्यसूचीको बुँदा नं २७ मा पनि यो विषय समेटिएको थियो । सोअनुसार हामीले प्रदान गर्नुपर्ने सेवा सुरु गरिसकेका छौँ, अब आधुनिक, स्रोतसाधन सम्पन्न बनाएमा यस सेवालाई थप सशक्त बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ”, निर्देशक जोशीले भने । 

0 Comments