काठमाडौँ । धुलिखेलको हिमालय दृश्य रिसोर्टमा एक युवकको मृत्यु भएको छ ।
शुक्रबार बेलुकी पौडी खेलिरहेका २९ वर्षीय डेनिस प्रधान स्विमिङ पुलमै मृत भेटिएका हुन् । उनी काठमाडौँ , चन्द्रागिरिका बासिन्दा हुन् । रिसोर्टको स्विमिङ पुलमा करेन्ट सट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।






