काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौँ बैठक आज बसेको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ।
बैठकमा बीपी स्मृति दिवसका अवसरमा सम्पन्न वृक्षारोपण तथा अन्य कार्यक्रमहरूको समीक्षा गरिने कार्यसूची रहेको छ। यस्तै, प्रतिष्ठानअन्तर्गत रहेका उपसमितिहरूले आफ्नो कार्य योजना प्रस्तुत गर्नेछन्।






