१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिम्याट खाता नवीकरण नगरे कारोबार रोक्का हुने, शुल्क तिर्न सीडीएससीको आग्रह

अ+ अ-

काठमाडौँ । डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क तोकिएको समयभित्र नबुझाएमा खाता रोक्का हुने भएको छ। केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले साउन १५ गतेभित्र आवश्यक शुल्क भुक्तानी गर्न खातावालालाई आग्रह गरेको छ।

सीडीएससीले सार्वजनिक सूचना जारी गर्दै तोकिएको मितिसम्म वार्षिक शुल्क नतिरेका डिम्याट खाता साउन १६ गतेदेखि रोक्का गरिने जनाएको छ। खाता रोक्का भएपछि सम्बन्धित लगानीकर्ताले सेयर कारोबारसम्बन्धी सेवा प्रयोग गर्न पाउने छैनन्।

सामान्यतया डिम्याट खाताको वार्षिक शुल्क आर्थिक वर्ष समाप्त हुनुअघि अर्थात् असार मसान्तभित्र बुझाउनुपर्ने व्यवस्था भए पनि यस वर्षका लागि थप समय दिइएको सीडीएससीले जनाएको छ। डिम्याट खाता सञ्चालनका लागि प्रत्येक खातावालाले वार्षिक रूपमा १ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ। हाल देशभर डिम्याट खाताको संख्या ८० लाख ९ हजार ६२३ पुगेको छ।

त्यस्तै, ‘मेरो सेयर’ सेवा प्रयोग गरेबापत वार्षिक ५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ। सीडीएससीका अनुसार हाल मेरो सेयरमा सक्रिय प्रयोगकर्ता खाता संख्या ५१ लाख ४८ हजार ८९४ पुगेको छ।

मेरो सेयर प्रणालीमार्फत लगानीकर्ताले प्राथमिक सेयर (आईपीओ), थप सार्वजनिक निष्कासन (एफपीओ), हकप्रद सेयर आवेदनलगायतका सेवा उपयोग गर्दै आएका छन्। साथै दोस्रो बजारमा बिक्री गरिएको सेयर हस्तान्तरण प्रक्रियामा समेत यही प्रणाली प्रयोग हुने गरेको छ।

सीडीएससीले डिम्याट तथा मेरो सेयरको शुल्क घरमै बसेर अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने जनाएको छ। विभिन्न विद्युतीय भुक्तानी प्रणाली प्रयोग गरी समयमै शुल्क बुझाई खाता नियमित गर्न लगानीकर्तालाई आग्रह गरिएको छ।

0 Comments