काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ । उनको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ, एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिए ।
८० वर्षीय बस्नेत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । दाङको कम्युनिष्ट आन्दोलनका धरोहरका रूपमा परिचित बस्नेत पार्टीका विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गरेका थिए । उनको निधनले दाङको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको आचार्यले बताए ।
नेता बस्नेतको शव अहिले श्रद्धाञ्जली लागि तुलसीपुरस्थित एमालेको पार्टी कार्यालयमा राखिएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिए । उनको आज नै शीत्तलपुरस्थित बबई नदीको घाटमा अन्त्येष्टि गरिने बताएको छ ।






