११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चरी र आमा

अ+ अ-

एकादेशमा एउटा अति नै सुन्दर र शान्त गाउँ थियो। त्यस गाउँको एउटा सानो घरमा वृद्ध सासू-ससुरा, उनीहरूका छोरा र बुहारी बस्थे। गरिब परिवार भए पनि उनीहरू माझ औधी माया र मेलमिलाप थियो।

घरमा आर्थिक अभाव भएकाले कमाउनका लागि छोरा शहरतिर गएको थियो। यता बुहारी गर्भवती थिइन्। दिनहरू बित्दै गए, ९ महिना पुगेपछि उनले एउटा सुन्दर छोरालाई जन्म दिइन्।

सुत्केरी भएको महिना दिन बित्नै लागेको थियो। घरमा बुढाबुढी सासू-ससुरा मात्रै भएकाले वस्तुभाउलाई घाँस-पात गर्ने जिम्मा बुहारीकै काँधमा आयो।

एक दिन उनी बच्चालाई काखमा च्यापेर नजिकैको पिपलको रुख नजिक घाँस काट्न गइन्। उनले पिपलको रुखमुनि सुकेका पत्करहरू बिछ्याइन्, कपडा ओढाइन् र तातो पेटभरि दूध चुसाएर बच्चालाई सुताइन्। आमा नजिकै घाँस काट्न थालिन्। घाँस काट्दाकाट्दै समय बितेको उनलाई पत्तै भएन।

केही बेरमा बच्चा ब्युँझियो र आमालाई नदेखेर मसिनो स्वरमा रुन थाल्यो।

पिपलको रुखमा बसेका रंगीचंगी चराहरूले बच्चा रोएको देखे। चराहरू चिरबिर गर्दै तल ओर्लिए र बच्चालाई फकाउने प्रयास गरे। तर बच्चा झन्-झन् रुन थाल्यो। चराहरूलाई बच्चाप्रति दया जागेर आयो। उनीहरूले बच्चालाई संरक्षण दिन आफ्नो गुँडमा लैजाने विचार गरे। धेरै वटा चराहरू मिलेर बच्चा ओढाएको कपडाको चार कुना आफ्नो चुच्चोले च्यापे र बिस्तारै उडाएर रुखको टुप्पामा रहेको ठूलो गुँडमा पुर्‍याए।

घाँसको भारी बाँधिसकेपछि आमालाई झस्कक्क छोराको याद आयो। उनी दौडिँदै सुताएको ठाउँमा पुगिन्, तर त्यहाँ छोरो थिएन!

उनी हतास भइन् र भक्कानिएर रुन थालिन् ।
”हाइहाइ मेरो छोरा कहाँ गयोरु कसले लग्यो? गुहार! मेरो बच्चा हरायो!”
आमाको चिच्याहट सुनेर रुखको गुँडमा सुतेको बच्चा फेरि ब्युँझियो र रुन थाल्यो। बच्चाको रुवाइ सुनेर आमाले माथितिर हेरिन्। छोरो त रुखको माथि चराको गुँडमा पो थियो!

आमा आक्रोशित भइन् र रुख चढ्न नसकेर तलैबाट चराहरूलाई सराप्न र गाली गर्न थालिन्- ”ए फटाहा चराहरू! फोहोरी चराहरू! मेरो बच्चा तल छाडिदेउ!” तर चराहरूले बच्चा तल झारेनन्।

आमाको बिलौना सुनेर बाटोबाट लट्ठी टेक्दै गइरहेका एक वृद्ध मानिस त्यहाँ आए।

उनले सोधे, ‘किन रोएकी नानी?’

महिलाले रुँदै भनिन्, ‘हजुर, हेर्नुस् न!यी दुष्ट चराहरूले मेरो काखे बच्चा रुखमा लगे, तल दिँदै दिँदैनन्। म रुख चढ्न सक्दिनँ।’

वृद्धले मुस्कुराउँदै सम्झाए, ‘नानी ! गाली गरेर, कुट्छु भनेर वा धक्याएर चराहरूले मानिसको कुरा सुन्दैनन्। चराहरूसँग त उनीहरूकै मीठो भाषा र लयमा गीत गाउनुपर्छ, अनि मात्र उनीहरूको भाषा र लयमा गीत गाउनुपर्छ, अनि मात्र उनीहरूको मन पग्लिन्छ। 

वृद्धको कुरा सुनेर आमाले आफ्नो गल्ती महसुस गरिन्। दुवै जनाले हात जोडेर रुखतिर हेर्दै सुरिलो लयमा गाउन थाले:

प्यारा चरी तिमी कति जाती,
कोइलीजस्तै स्वर छ उड्छौ कति माथि।
ज्ञानी चरी तिमी सबैको भलाई चिताउने,
हाम्रो सानो बाबुलाई तल ओराल्देउ न नि !

चराहरूले पनि रुखको हाँगाबाट लय मिलाएर दोहोरीको भाकामा उत्तर दिए:
तिमी मानिसहरु साह्रै निर्दयी छौ,
हामीलाई पिँजडामा थुन्छौ, खुट्टा पखेटा भाँचिदिन्छौ।
गुलेलीले हान्छौ, फोहोरी छौ, खान दिँदैनौ,
हामीलाई हेप्ने तिमी मानिसलाई भेट्दै भेट्दैनौ !
आमाको आँखाबाट पश्चातापका आँसु खसे। उनी र वृद्धले फेरि विन्ती भाका हाले:
माफ गर चरी छ्यौ तिमी ज्ञानी,
अब कहिल्यै गर्दैनौँ नराम्रो हटाउछौं हाम्रो बानी।
मीठो दाना दिउँला, चिसो पानी दिउँला,
माया गर्छौँ तिमीलाई, बाबु तल झारिदेऊ न !

चराहरूले फेरि आफ्नै सुरिलो भाकामा विन्ती गरे:
हामीलाई माया गर, सम्मान पनि देउ,
हाम्रा साना बच्चालाई मायाले हेरिदेउ।
नमार कहिल्यै, नमिल्काऊ ढुङ्गा,
बाच्न देऊ मानिस, अनि मात्र झार्छौँ तल ।
मीठो दोहोरी र सत्य वचनपछि चराहरूको मन पग्लियो। उनीहरूले फेरि कपडाको चार कुना आफ्नो चुच्चोले च्यापेर बच्चालाई बिस्तारै तल आमाको काखमा सुरक्षित ओराले।
आमाले तुरुन्तै बच्चालाई काखमा च्यापेर आँसु पुछ्दै म्वाइँ खाइन र छातीमा टाँसेर दूध चुसाउन थालिन्। बच्चा शान्त भयो।
आमाले ज्ञानी वृद्ध मानिसलाई हृदयदेखि धन्यवाद दिइन्। अब झमक्क साँझ परिसकेको थियो। आमाले घाँसको भारी उठाइन्, काखमा बच्चा च्यापिन् र रुखका चराहरूलाई मायालु नजरले हेर्दै, धन्यवाद दिँदै घरतिर लागिन्।

0 Comments