११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागढुंगा सुरुङमार्गले आधुनिक पूर्वाधार विकासमा नयाँ चरण सुरु गर्‍यो’ : सचिव सिग्देल

अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपालमा आधुनिक सुरुङ पूर्वाधार विकासले नयाँ दिशा लिएको बताएका छन्।

सुरुङमार्ग उद्घाटन कार्यक्रममा मन्तव्य दिँदै सचिव सिग्देलले जटिल भौगोलिक बनावटका बीच नेपालले पहिलो सडक सुरुङमार्ग सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गरे। उनले दृढ राजनीतिक प्रतिबद्धता, प्रभावकारी प्राविधिक समन्वय र निरन्तर धैर्य कायम रहँदा ठूला पूर्वाधार आयोजना सफलतापूर्वक कार्यान्वयन गर्न सकिने धारणा व्यक्त गरे।

उनका अनुसार नागढुंगा सुरुङमार्ग सुरुङ पूर्वाधार विकासको प्रारम्भिक उपलब्धि मात्र हो। आगामी दिनमा यस्ता परियोजनाहरू थप विस्तार हुँदै जाने विश्वास उनले व्यक्त गरे।

सचिव सिग्देलले यस आयोजनाबाट नेपाली प्राविधिक जनशक्तिले हिमाली क्षेत्रमा सुरुङ निर्माणसम्बन्धी महत्वपूर्ण अनुभव हासिल गरेको उल्लेख गर्दै उक्त सीप र अनुभव भविष्यमा सञ्चालन हुने अन्य सुरुङ तथा पूर्वाधार आयोजनामा उपयोगी हुने बताए।

निर्माण अवधिमा नेपाली र जापानी इन्जिनियरहरूले हिमाली भू–संरचनाको जटिलता, कोभिड–१९ महामारी तथा विभिन्न प्राविधिक चुनौतीबीच सहकार्य गर्दै आयोजना सम्पन्न गरेको उनले स्मरण गरे।

उनले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै सिस्नेखोला-बलम्बु सडक खण्डको यात्रा अवधि केही मिनेटमा सीमित हुने बताए। यसबाट लामो समयदेखि यात्रुले सामना गर्दै आएको सवारी जाम, जोखिमयुक्त घुम्ती र पहिरोको समस्या उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको उनको भनाइ थियो।

सचिव सिग्देलका अनुसार नागढुंगा पास काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारका रूपमा परिचित भए पनि राष्ट्रिय सडक सञ्जालकै अत्यधिक जाम हुने तथा जोखिमपूर्ण खण्डमध्ये एक रहँदै आएको थियो।

यस अवसरमा उनले आयोजना कार्यान्वयनमा सहयोग पुर्‍याएको जापान सरकारप्रति आभार व्यक्त गर्दै मन्त्रालय सुरुङमार्गको सुरक्षित सञ्चालन, नियमित मर्मतसम्भार तथा पारदर्शी व्यवस्थापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए। उनले यस आयोजनाबाट प्राप्त हुने लाभ दीर्घकालसम्म नागरिकले उपभोग गर्न सक्ने विश्वाससमेत व्यक्त गरेका छन्।

0 Comments