११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने

अ+ अ-

काठमाडौँ । नेपालका पाँच खेलाडी जापानमा आयोजना हुने ३२औं विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने भएका छन् । 

आगामी जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म जापानको नारिता शहरमा ३२ औं विश्व चिल्ड्रेन्स बेसबल फेयर आयोजना हुँदै छ । १० देखि १२ वर्ष उमेर समूहका पाँच खेलाडीले बेसबलको क्लिनिक र प्रतियोगितामा सहभागी हुने भएका छन् । दुई गल्र्स र तीन जना ब्वाइज बेसबल फेयरमा सहभागी हुनेछन् । त्यसका लागि एक प्रशिक्षक र पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाने भएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव रामचरित्र मेहता र युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहले टोलीलाई सफलताको शुभकामना दिँदै सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

वल्र्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको पूर्ण छात्रवृत्ति १२ वर्षमुनिका नेपाली खेलाडीले सहभागिता जनाउन लागेका हुन् । पछिल्लो ६/७ वर्षयता नेपालले यो छात्रवृत्तिका लागि प्रयास गर्दै आइरहेको थियो । ब्वाइजमा अभिनय श्रेष्ठ, संकल्प पौडेल र युएल रोक्काले सहभागिता जनाउने छन् । गल्र्समा भूमिका खड्का र खुशी श्रेष्ठ छन् । उनीहरूको प्रशिक्षकमा विपिन बज्राचार्य छन् । फेयरमा नेपालसहित अस्ट्रेलिया, केन्या, क्यानडा, मलेसिया, सिंगापुर, चाइनिज ताइपेइ, भियतनाम, सिंगापुर, जापान, जर्मनी, अमेरिका र फिलिपिन्स गरी १४ राष्ट्रको सहभागिता रहनेछ । 

नेपाली खेलाडीले फेयरका दौरान क्लिनिकमा भाग लिनुका साथै निप्पोन प्रोफेसनल बेसबल गेम (एनपिबी) को अवलोकन गर्ने अवसर पनि पाउनेछन् । खेलाडीले विभिन्न राष्ट्रका खेलाडीसँग मिलेर मैत्रीपूर्ण प्रतियोगिता पनि खेल्ने छन् । नेपाल बेसबल तथा सफ्ट संघका अध्यक्ष दिपक न्यौपानेले सहभागीको सम्पूर्ण खर्च फाउण्डेसनले प्रायोजन गरेको बताए । सहभागी नेपाली खेलाडीले जनही करिव १ लाख रुपैयाँ बराबरको खेल सामाग्री र पोशाक पनि प्राप्त गर्नेछन् । 

0 Comments