काठमाडौँ। स्याङ्जाको पुतलीबजार नगरपालिकाले आज सार्वजनिक शोक बिदा दिएको छ।
नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलन, शिक्षा क्षेत्र र सामाजिक जीवनमा पुर्याएको योगदानको सम्मान स्वरूप नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
निर्णयअनुसार आज नगरपालिकाअन्तर्गतका सबै कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र अन्य निकाय बन्द रहनेछन्। अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ।







