१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्री पोखरेलले लिए प्रधानाध्यापकका सुझाव, विद्यालय सुधारमा सहकार्य गर्ने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग भेट गरी विद्यालय शिक्षाको अवस्था, समस्या र सुधारका उपायबारे छलफल गरेका छन् ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित अन्तरक्रियामा विद्यालय शिक्षा ऐनको कार्यान्वयन, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार, विद्यालयको भौतिक अवस्था, स्रोतसाधन परिचालन तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउने विषयमा छलफल भएको हो ।

छलफलका क्रममा सहभागी प्रधानाध्यापकहरूले सामुदायिक विद्यालय सञ्चालनका क्रममा देखिएका व्यवहारिक समस्या, कानुनी व्यवस्थाको कार्यान्वयनमा देखिएका चुनौती तथा शिक्षा प्रणाली सुधारका लागि आवश्यक नीतिगत सुझाव प्रस्तुत गरेका थिए ।

मन्त्री पोखरेलले विद्यालय तहबाट आएका सुझाव र अनुभवलाई मन्त्रालयले प्राथमिकताका साथ लिने बताए । उनले विद्यालय शिक्षा ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित पक्षसँग निरन्तर संवाद र सहकार्यलाई अघि बढाइने उनको भनाइ थियो । दीर्घकालीन नीतिगत सुधारमार्फत समग्र शिक्षा प्रणालीलाई सुदृढ बनाउने दिशामा मन्त्रालयले काम गरिरहेको उनले उल्लेख गरे ।

मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले पनि विद्यालय शिक्षाको दीर्घकालीन सुधारका लागि सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

0 Comments