१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो

अ+ अ-

नेपालगञ्ज । नेपालगञ्ज आसपासका क्षेत्रका बिरामीका लागि आवश्यक मात्रमा रगतको अभाव देखिएको छ ।

त्यस क्षेत्रमा दैनिक ७० देखि १०० पिन्ट रगतको माग भए पनि ६० देखि ७० पिन्ट मात्र वितरण भइरहेको लुम्बिनी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जबाहेक कोहलपुर र खजुरा क्षेत्रमा सञ्चालित ४२ वटा अस्पतालमा चिकित्सकको सिफारिसमा बिरामीलाई सुरक्षित रगत उपलब्ध गराइँदै आएको छ । हाल नेपालगञ्जमा ३१, कोहलपुरमा नौ र खजुरामा दुई अस्पताल छन् ।

बाँकेका विभिन्न अस्पतालमा बिरामीका चाप बढ्दै जाँदा रगतको माग पनि बढी रहेको जानकारी दिँदै प्रमुख रेग्मीले लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका अस्पतालका बिरामीका लागि पनि रगतको माग रहेको बताए ।

उनले भने, “‘ब्लड डोनेसन’ कम भएको छ यसले हामीलाई थेग्न नसक्ने अवस्था आएको छ ।” लुम्बिनी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका अनुसार नेपालगञ्जमा १०१ पिन्ट, कोहलपुरमा ६२ पिन्ट र खजुरामा १७ पिन्ट रगत मौज्दात रहेको छ ।

प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, नेपालगञ्जबाट आर्थिक वर्ष २०८२८३ मा २४ हजार ५२६ पिन्ट रगत वितरण गरिएको छ । बाँके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी उपचारका लागि यहाँस्थित विभिन्न अस्पताल आउने भएकाले पनि जिल्लामा सुरक्षित, गुणस्तरीय र पर्याप्त रक्तसञ्चार सेवाको आवश्यकता बर्सेनि बढ्दै गएको रेग्मीले बताए ।

केन्द्रका तर्फबाट विभिन्न संघ, संस्था र व्यक्तिलाई रक्तदान बढाउन आग्रह गर्दै उनले त्यस्ता संस्थाले कार्यतालिका बनाएर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।

हाल नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले जिल्लाका तीन स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको छ ।

नेपालगञ्जस्थित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालस्थित रक्तसञ्चार सेवा एकाइ तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरास्थित रक्तसञ्चार सेवा एकाइमार्फत नियमित रूपमा रक्तसञ्चार सेवा प्रदान गर्दै आएको छ ।

स्वास्थ्य सेवा विस्तारसँगै रक्तदानप्रति नागरिकको सहभागिता बढाउन र आवश्यक समयमा पर्याप्त रगतको उपलब्धता सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटी बाँकेले विभिन्न सचेतनामूलक तथा रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

0 Comments