१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मीमाथिको हिंसा रोक्न प्रभावकारी सुरक्षा व्यवस्था गर्न सांसद कार्कीको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमण र दुर्व्यवहारका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कानुनी कारबाही र सुरक्षित कार्य वातावरणको सुनिश्चितता गर्न माग गरेकी छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएको दण्डहीनता र सुरक्षा व्यवस्थाको कमजोरीका कारण अस्पतालहरू असुरक्षित बन्दै गएको बताइन्। उनले स्वास्थ्यकर्मीमाथि हुने हिंसाका घटनामा प्रभावकारी कारबाही हुन नसक्दा समस्या दोहोरिइरहेको धारणा राखिन्।

उनले अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने कुटपिट, त्यसपछि हुने विरोध कार्यक्रम र सरकारसँग गरिने सहमतिपछि पनि कार्यान्वयन पक्ष कमजोर रहने अवस्था लामो समयदेखि दोहोरिँदै आएको उल्लेख गरिन्।

वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि भएको सहमतिको प्रभावकारी कार्यान्वयन नहुँदै भक्तपुर अस्पतालमा समेत स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको उल्लेख गर्दै उनले राज्यको सुरक्षा संयन्त्रमाथि प्रश्न उठाइन्।

सांसद कार्कीले विभिन्न अध्ययनअनुसार ठूलो संख्यामा चिकित्सकहरूले कार्यस्थलमा हिंसा वा दुर्व्यवहारको सामना गर्नुपरेको बताइन्। उनका अनुसार भौतिक तथा मौखिक दुर्व्यवहारका घटनामा संलग्न व्यक्तिहरूमाथि राजनीतिक संरक्षणका कारण कारबाही हुन नसक्ने प्रवृत्तिले अस्पतालको वातावरण प्रभावित भएको छ।

सरकार र चिकित्सक संघबीच पटक-पटक सहमति भए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसक्दा समस्या समाधान नभएको उनको भनाइ थियो। चिकित्सकहरू आफ्नै सुरक्षाप्रति चिन्तित हुने अवस्था सिर्जना हुँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समेत असर पर्ने उनले बताइन्।

स्वास्थ्यकर्मीहरूले आफ्नो कार्यस्थलमा सुरक्षा, सम्मान र आत्मविश्वाससहित काम गर्ने वातावरण खोजिरहेको उल्लेख गर्दै सांसद कार्कीले स्वास्थ्य संस्था सुरक्षासम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सरकारसँग आग्रह गरिन्।

0 Comments