१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सडक दुर्घटना :  चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

अ+ अ-

चितवन। बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा काठमाडौँ उपत्यकाबाहेकका प्रदेशका ती जिल्लामा सो सङ्ख्यामा दुर्घटना भएका हुन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार गत आवमा प्रदेशका १० जिल्ला मध्ये चितवनमा सबैभन्दा धेरै दुर्घटना भएका छन् । चितवनमा ५४५ दुर्घटना भएको कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सबैभन्दा कम दुर्घटना हुने जिल्लाका रूपमा रामेछाप रहेको छ । सो जिल्लामा एक वर्षमा ४७ दुर्घटना भएका छन् । प्रदेशभित्र दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो, धादिङ तेस्रो, सिन्धुली चौथो स्थानमा छन् । 

यस्तै, काभ्रे, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक र रामेछाप क्रमशः छन् । एक वर्षमा भएका दुर्घटनामध्ये मुख्य राजमार्गमा धेरै दुर्घटना भएको उनले जानकारी दिए। 

उनका अनुसार मुख्य राजमार्गमा एक हजार ११४, ग्रामीण सडकमा ५३९ र सहरी क्षेत्रमा २७१ दुर्घटना भएका छन् । प्रदेशभित्र सवारी दुर्घटना दिनको १२:०० बजे देखि साँझको ६:०० बजेसम्म बढी दुर्घटना भएका छन् । प्रमुख पाण्डेका अनुसार सो समयमा ७४० दुर्घटना भएका छन् । साँझ ६:०० बजेदेखि राति १२:०० बजेसम्म ५७२ वटा, बिहान ६:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म ४९४ र राति १२ बजेदेखि बिहान ६:०० बजेसम्म ११८ सवारी दुर्घटना भएका छन् ।

कार्यालयको तथ्यांकअनुसार प्रदेशका १० जिल्लामा भएका दुर्घटनामा परी एक वर्षमा ३४० जनाले ज्यान गुमाएका छन् भने तीन हजार ७६३ जना घाइते भएका छन् ।

अघिल्लो आव २०८१/०८२ मा प्रदेशभित्र दुई हजार ४१२ दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ३०४ जनाले ज्यान गुमाएका थिए भने चार हजार ७४७ जना घाइते भएका थिए ।

0 Comments