काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइसम्बन्धी ठेक्का प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्ने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्य हेमन्त रावल सम्मिलित इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई तत्काल थुनामा नराखी साधारण तारिखमा राख्ने निर्णय गरेको हो ।
पासपोर्ट ठेक्का प्रक्रियासँग सम्बन्धित भ्रष्टाचार मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको अवस्थामा अदालतले थापाको हकमा यस्तो आदेश दिएको जनाइएको छ ।






