काठमाडौँ । सामाजिक सद्भावमा प्रतिकूल असर पुग्ने तथा साम्प्रदायिक भावना भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहाका पाँच र धनुषाका तीन जना रहेका छन्। सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव बिथोल्ने वा साम्प्रदायिक तनाव बढाउने कुनै पनि गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ।
गत साउन १० गते राति सुनसरीको कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको झडपका क्रममा चलेको गोली लागेर एक जनाको मृत्यु भएपछि तराईका विभिन्न जिल्लामा तनावपूर्ण अवस्था देखिएको छ। उक्त घटनापछि विकसित परिस्थितिमा हालसम्म तीन जनाको ज्यान गएको जनाइएको छ।






