काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद उर्मिला अर्यालले मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो चिन्ता व्यक्त गरेकी हुन्। उनले धार्मिक सहिष्णुता र सहअस्तित्वको मूल्यलाई संस्थागत गर्न सबै राजनीतिक दल र नागरिक समाजका अगुवाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिइन्। उनले सुनसरीसहित मेधशी जिल्लामा उत्पन्न धार्मिक दंगा नियन्त्रणमा सरकारको सुरक्षा संयन्त्रको कमजोरी भएको समेत बताइन् । उनले तनाव सिर्जना हुनेबित्तिकै सरकारले हस्तक्षेप गरेर संवाद गरेको भए यस्तो अवस्था नआउने बताइन् । उनले मधेशमा विभिन्न धर्मावलम्बीहरूका धार्मिक स्थल समेत रहेको उल्लेख गर्दै सोहीअनुसार सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सक्नुपर्ने बताइन् ।
उनले मुलुकमा अगामी दिनमा यस्ता धार्मिक तथा जातीय दंगा हुन नदिने कुरामा सरकार सचेत हुन आवश्यक रहेको पनि बताइन् ।






