काठमाडौँ । काठमाडौँबाट खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन्। महोत्तरीदेखि काठमाडौँ आउँदै गरेको बसबाट आज बिहान सिरहा कर्जन नगरपालिका–३२४ वर्षीय समीर लामालाई ३३ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानको सिलसिलामा उक्त लागु औषध रिसिभ गर्न आउने सिरहा त्रियुगा नगरपालिका-१२ का २८ वर्षीय जीवन लामालाई नागार्जुन नगरपालिका-१४ बाट पक्राउ गरी आवश्यक अनुसन्धान कारबाहीको लागी प्रहरी वृत्त थानकोट बुझाइएको छ।






