१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको खेलकुद इतिहास समेट्ने तीनदिने प्रदर्शनी साउन १९ देखि

अ+ अ-

काठमाडौँ । नेपालको खेलकुद इतिहास, उपलब्धि र सम्पदालाई अभिलेखीकरण तथा संरक्षण गर्ने उद्देश्यसहित नेपाल ओलम्पिक संग्रहालय (एनओएम)ले तीन दिने विशेष खेलकुद प्रदर्शनी आयोजना गर्ने भएको छ। ‘बियोन्ड मेडल, प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री’ शीर्षकमा हुने प्रदर्शनी साउन १९ देखि २१ गतेसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सञ्चालन हुनेछ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक संग्रहालयले प्रदर्शनीसम्बन्धी जानकारी सार्वजनिक गरेको हो।

दुर्लभ तस्बिरदेखि ऐतिहासिक खेल सामग्रीसम्म
एनओएमकी अध्यक्ष सन्सी श्रेष्ठका अनुसार प्रदर्शनीमा नेपालको खेलकुद विकासक्रम झल्काउने करिब पाँच लाख दुर्लभ तथा ऐतिहासिक तस्बिर प्रदर्शन गरिनेछ। त्यसका साथै विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक महत्वका स्मृतिचिन्ह पनि अवलोकनका लागि राखिनेछन्।

उनले संग्रहालयको ३३औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रदर्शनीले नेपाली खेलकुदको इतिहासलाई व्यवस्थित रूपमा संरक्षण र अभिलेखीकरण गर्ने उद्देश्य बोकेको बताइन्।

उद्घाटन खेलकुदमन्त्रीबाट
आयोजकका अनुसार प्रदर्शनीको उद्घाटन शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गर्ने कार्यक्रम तय गरिएको छ।

नेपाल ओलम्पिक संग्रहालय नेपालकै एक मात्र खेलकुद संग्रहालय तथा दक्षिण एसियाको पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित छ।

खेल क्षेत्रका विविध पक्षको सहभागिता अपेक्षित
प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, खेल प्रशासक तथा खेल प्रेमीहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ। साथै विद्यार्थी, अनुसन्धानकर्ता, खेल पत्रकार र सर्वसाधारणलाई नेपालको खेलकुद इतिहास र त्यसको विकास क्रमबारे नजिकबाट जानकारी प्राप्त गर्ने अवसर उपलब्ध गराउने लक्ष्य पनि राखिएको छ।

पत्रकार सम्मेलनका क्रममा संग्रहालयका संस्थापक तथा वरिष्ठ खेल पत्रकार शितिज अरुण श्रेष्ठ र दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोतर्फ स्वर्ण पदक विजेता मञ्जु तुलाधारको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलिसमेत अर्पण गरिएको थियो।

0 Comments