१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल एयरलाइन्समा नयाँ नेतृत्वको प्रभाव : सञ्चालन दक्षतादेखि आम्दानीसम्म सुधार

अ+ अ-

नयाँ सञ्चालक समिति र कार्यकारी अध्यक्ष नियुक्तिपछि नेपाल वायुसेवा निगमले व्यवस्थापकीय सुधारलाई प्राथमिकता दिएको जनाएको छ। निगमका अनुसार आम्दानी, सिट उपयोगिता र सञ्चालन व्यवस्थापनमा प्रारम्भिक सकारात्मक परिणाम देखिन थालेका छन्।

काठमाडौँ । नयाँ नेतृत्व नियुक्तिपछि नेपाल वायुसेवा निगमले संस्थागत सुधारका कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ। व्यवस्थापन प्रणाली सुदृढीकरण, कार्यसम्पादनमा जवाफदेहिता वृद्धि र व्यावसायिक सञ्चालनलाई प्राथमिकता दिँदा आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा सुधार देखिन थालेको निगमको दाबी छ।

गत जेठ ५ गते खुला प्रतिस्पर्धामार्फत छनोट भएका पाँच स्वतन्त्र सञ्चालक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका दुई प्रतिनिधिसहित सात सदस्यीय सञ्चालक समिति गठन गरिएको थियो। त्यसपछि मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयबाट हवाई सेवा क्षेत्रका विज्ञ महेश्वरभक्त श्रेष्ठ महाप्रबन्धक तथा कार्यकारी अध्यक्षमा नियुक्त भएका हुन्।

तीन वर्षभित्र आत्मनिर्भर बनाउने लक्ष्य
कार्यकारी अध्यक्ष श्रेष्ठले जिम्मेवारी सम्हालेपछि निगमलाई आगामी तीन वर्षभित्र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्ने लक्ष्य अघि सारेका छन्। निगमका अनुसार उनले पदभार ग्रहण गरेको पहिलो १५ दिनभित्र सञ्चालक समितिका तीन बैठक सम्पन्न गरी संस्थागत सुधारका प्राथमिकता, कार्ययोजना र रणनीतिबारे छलफल अघि बढाएका छन्।

आम्दानी र सिट उपयोगितामा वृद्धि
निगमका अनुसार चालु आर्थिक वर्षको असार महिनामा आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३२ प्रतिशतले बढेको छ।

त्यस्तै, अघिल्लो वर्ष असारमा करिब ७५ प्रतिशत रहेको सिट उपयोगिता चालु वर्षको असारमा बढेर ८५.४ प्रतिशत पुगेको निगमले जनाएको छ।

सेवा विस्तार र वित्तीय अनुशासनमा जोड
निगमले उपलब्ध जनशक्ति, स्रोत र साधनको प्रभावकारी परिचालनमार्फत आम्दानी वृद्धि, अनावश्यक खर्च नियन्त्रण तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।

आगामी चरणमा सेवा सञ्जाल विस्तार, सञ्चालन दक्षता अभिवृद्धि र वित्तीय अनुशासनलाई थप सुदृढ बनाउने योजना रहेको निगमको भनाइ छ।

कार्यकारी अध्यक्ष श्रेष्ठले आफ्नो व्यावसायिक अनुभव, प्राविधिक दक्षता तथा अन्तर्राष्ट्रिय सम्पर्क सञ्जालको उपयोग गर्दै नेपाल वायुसेवा निगमलाई आत्मनिर्भर, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय राष्ट्रिय ध्वजावाहक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

0 Comments