१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लाका ९१ स्थान  दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन् । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले सार्वजनिक गरेको त्रिवर्षीय तथ्यांक अनुसार बागमती प्रदेशमा सवारी दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको हो ।

भौगोलिक हिसाबले चितवन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील मानिएका छन् । 

प्रदेशभर रहेका ९१ वटा जोखिमयुक्त ‘ब्ल्याक स्पट’ मध्ये चितवनमा १७, धादिङमा १६, सिन्धुलीमा १४ र मकवानपुरमा १२ वटा रहेका छन् । काभ्रेपलाञ्चोकमा ११, नुवाकोट आठ, रसुवा र रामेछापमा चार/चार, सिन्धुपाल्चोकमा तीन र दोलखामा दुई वटा स्थान जोखिमयुक्त रहेका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। 

उजका अनुसार दुर्घटनामा परी पाँच जनाभन्दा बढीको मृत्यु भएको स्थानलाई जोखिमयुक्त स्थानका रूपमा लिइएको हो । विगत तीन आर्थिक वर्षमा भएका पाँच हजार ८७२ सवारी दुर्घटनामा परी ९५९ जनाले ज्यान गुमाएका छन् भने ११ हजार ६९९ जना घाइते भएका छन् ।

आव २०८०/८१ मा ३१५, आव २०८१/८२ मा ३०४ र आव २०८२/८३ मा ३४० जनाको ज्यान गएको छ । गत आवमा मात्रै भएका एक हजार ९२४ दुर्घटनामध्ये एक हजार ११४ राजमार्गमा, ५३९ ग्रामीण र २७१ वटा सहरी क्षेत्रमा भएका उहाँको भनाइ छ । दिउँसो १२:०० बजेदेखि बेलुका ६:०० बजेको समय दुर्घटनाका दृष्टिले सबैभन्दा बढी जोखिमयुक्त देखिएको उनले जानकारी दिए ।

प्रदेशका १० जिल्लाको १४ हजार ४५६ किलोमिटरभन्दा बढी सडकसञ्जाल र एक लाख ७३ हजारभन्दा बढी सवारीसाधन व्यवस्थापनका लागि ३३२ जना ट्राफिक प्रहरी कार्यरत रहेका प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । उनका अनुसार एक जना ट्राफिक प्रहरीले औसत ४३ दशमलव ५५ किमी सडक र ५५२ वटा सवारीसाधनको निगरानी गर्नुपर्ने बाध्यता छ ।

सीमित जनशक्तिका बाबजुद ट्राफिक नियम पालनामा कडाइ गर्दै गत वर्ष ९० हजार ९८३ सवारीलाई कारबाही गरी रु. नौ करोड तीन लाखभन्दा बढी राजस्व संकलन गरिएको छ । 

दुर्घटना न्यूनीकरणका लागि स्पिड गन, एएनपीआर क्यामेरा, डिजिटल ईचलान र ‘ट्रान्सपोर्ट कम्युनिकेसन एप’जस्ता प्रविधिको प्रयोग बढाउनुका साथै २६ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।

0 Comments