१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

अ+ अ-

काठमाडौँ । पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न पहिलो संस्करणको ‘पेसएक्स प्रिमियर लिग सेभेन-ए-साइड खुला फुटसल प्रतियोगिता’ को उपाधि मेन्टेन एफसीले जितेको छ।

बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा भएको रोमाञ्चक फाइनलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै उपाधि उचालेको हो। निर्धारित समय ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पराजित होराक एफसी उपविजेतामा सीमित बन्यो।

खेलको दोस्रो मिनेटमै सन्दीप कार्कीको गोलबाट होराकले अग्रता लिए पनि मेन्टेनका रविन चौलागाईंले छिट्टै बराबरी गोल फर्काएका थिए। त्यसपछि पहिलो हाफको नवौँ मिनेटमा सैलेन्द्र मगरले गोल गर्दै होराकलाई २-१ को अग्रता दिलाए।

दोस्रो हाफको अन्तिम चरणमा होराकले अर्को गोल थप्दै ३-१ को सहज अग्रता बनाएको थियो। तर, खेलको अन्तिम समयमा मेन्टेनका योगेश श्रेष्ठले लगातार दुई गोल गर्दै टोलीलाई ३-३ को बराबरीमा फर्काए। त्यसपछि भएको पेनाल्टी सुटआउटमा मेन्टेनले बाजी मार्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखायो।

क्वार्टरफाइनलदेखि फाइनलसम्मको यात्रा
साउन १५ देखि १७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको थियो। क्वार्टरफाइनलमा मेन्टेन एफसीले नोबेल फुटबल एकेडेमीलाई २-० ले हराएको थियो। लाक्पा तामाङ र पेमा तामाङले एक-एक गोल गरेका थिए। यस्तै, होराक एफसीले विक्रान्त राणाको दुई तथा सन्दीप कार्कीको एक गोलको मद्दतमा डाइनामिक एफसीलाई ३-१ ले पराजित गरेको थियो।

अन्य क्वार्टरफाइनलमा ठमेल-११ ले एभरेस्ट एफसीलाई ३-१ तथा रोयल नेपालले करुणा एफसीलाई ४-० ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए।

पहिलो सेमिफाइनलमा होराक एफसीले ठमेल-११ लाई ३-० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो। दोस्रो सेमिफाइनलमा निर्धारित समयमा १-१ को बराबरी भएपछि मेन्टेन एफसीले पेनाल्टी सुटआउटमा रोयल नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको थियो।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा ठमेल-११ ले रोयल नेपाललाई २-१ ले हराउँदै तेस्रो स्थान हासिल गर्‍यो।

विजेता र पुरस्कार
उपाधि विजेता मेन्टेन एफसीले रु १ लाख ११ हजार १११, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता होराक एफसीले रु ५१ हजार १११ तथा तेस्रो बनेको ठमेल-११ ले रु. २१ हजार १११ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी तथा सर्वोत्कृष्ट टोलीलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

आयोजक पेसएक्स स्पोर्ट्सले नेपाली खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यअनुसार आगामी दिनमा फुटसलसँगै अन्य खेलकुद प्रतियोगितासमेत निरन्तर आयोजना गर्ने लक्ष्य रहेको जनाएको छ।

0 Comments