१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगन गर्न आफू सहमत भएको बताएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एक सन्देश जारी गर्दै ट्रम्पले सो जानकारी दिएका हुन् । आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले अमेरिका इरानका विरुद्ध दोस्रो विश्वयुद्धपछिकै उच्च स्तरको सैन्य शक्ति र सामर्थ्यका साथ प्रतिकार गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्नुभयो । 

‘यति हुँदाहुँदै पनि, इरान र अन्य मध्यपूर्वी देशहरूले एउटा सम्झौताको खाका (पेरिमीटर)मा सहमति भइसकेको भन्दै हामीलाई आक्रमण रोक्न अनुरोध गरेका छन् ।’ उनले भनेका छन् । 

ट्रम्पकाअनुसार प्रस्तावित सम्झौतामा हर्मुज जलसन्धिलाई तुरुन्त र पूर्ण रूपमा खुला गर्ने तथा इरानको आणविक खतरालाई अन्त्य गर्ने विषयहरू समावेश रहेका छन् । यद्यपि उहाँले यो निर्णय तत्काल ठोस सम्झौता हुने शर्तमा मात्र निर्भर रहने चेतावनी समेत दिए ।  

यसअघि शुक्रवार वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि नयाँ आक्रमण गर्न सेनालाई आदेश दिएको र उक्त कारबाही यसै साताको अन्त्यसम्ममा शुरु भई केही दिन जारी रहने समाचार प्रकाशित गरेको थियो । त्यसैगरी, ‘सीबीएस न्युज’ ले पनि अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गरी तिब्र हमलाको तयारी गरिरहेको उल्लेख गरेको थियो । यसैबीच, इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले शनिवार अमेरिकालाई कुनै पनि दुःसाहसपूर्ण’ कदम नचाल्न चेतावनी दिए । इरानी समाचार संस्था मेहरकाअनुसार अराघचीले सम्भावित सैन्य कदमको परिणाम सम्बन्धित पक्षले नै भोग्नुपर्ने स्पष्ट पाए । 

0 Comments