काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ।
बिहान ११ बजेका लागि तय भएको समितिको बैठक कार्य व्यस्तताका कारण तथा अर्को बैठकमा सहभागी हुनुपर्ने भएकाले स्थगित गरिएको समिति सचिवालयले जनाएको छ।
उक्त बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो।






