काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ८ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार भने सुन दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला चार हजार तीन सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी चार हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो।






