१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

अ+ अ-

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत डिजिटल प्रणाली-युडिजिपी’ अन्तर्गत पहिलो चरणका काम सम्पन्न गरेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी) सँगको साझेदारीमा एकीकृत डिजिटल प्रणालीको विकास सम्पन्न भएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा उपमहानगरले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै छिटोछरितो र पारदर्शी सेवाप्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको डिजिटल प्रणालीको परीक्षण कार्यसम्पन्न भएको जनाएको हो ।

उपमहानगर प्रमुख गोपाल हमालले सूचना प्रविधिको प्रयोगमार्फत कार्यालयमै आएर सेवा लिनुपर्ने अवस्थाको अन्त्य गर्न एकीकृत प्रणाली सुरु गरिएको बताए।

“उपमहानगरको सेवा सहज रूपमा घरबाटै लिन मिल्ने गरी डिजिटल प्रणलीको विकास गरेका छौँ । अब प्रविधिमा अभ्यस्त नागरिकले कार्यालयमा आइरहनु पर्दैन । त्यसबाहेकका नागरिकले पहिलेजस्तै कार्यालयमा आएर सेवा लिने सुविधा पनि यथावत् छ”, उपमहानगरप्रमुख हमालले भने ।

उपमहानगर सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख अनुप भट्टले डिजिटल प्रणालीबारे प्रस्तुतीकरण गर्दै सहज सेवा प्रवाहका साथै यहाँको जनसङ्ख्या, सेवाग्राहीको अवस्था (अपांगता)र करदाताको पहिचान गर्न सहयोग पुग्ने बताए।

उक्त प्रणालीको कार्यान्वयनबाट उपमहानगरले आफ्ना नागरिकलाई आवश्यक सेवासुविधा उपलब्ध गराउन र तथ्यांकमा आधारित नीति तथा योजना बनाउन पनि सहज हुने आशा गरिएको छ ।

एउटै ‘प्लेटफर्म’भित्र विभिन्न सफ्टवेयरलाई एकीकृत गरी सेवा प्रवाह गरिने भएकाले नागरिकका सबै विवरण एउटै प्रणालीमा सुरक्षित रहने छ ।

पहिलो चरणमा उपमहानगरका १९ वटै वडाका सचिवलाई तालिम, नागरिक ई–केवाइसी, विभिन्न सिफारिस, फाइल ट्र्याकिङ तथा डिजिटल सेवा सञ्चालनसम्बन्धी क्षमता विकास गरिने जनाइएको छ ।

डिजिटल साक्षरता कम भएका सेवाग्राहीलाई लक्षित गर्दै कार्यालयमै ‘सहायता कक्ष’ स्थापना र त्यहाँ रहेका कर्मचारीले सेवाग्राहीको विवरण डिजिटल प्रणालीमा दर्ता गरी आवश्यक सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ ।

जन्मदर्ता, नागरिकताका लागि आवश्यक सिफारिस, व्यवसाय दर्ता तथा नवीकरणलगायतका सेवा घरमै बसेर अनलाइनमार्फत लिन सकिने बताइएको छ ।

दोस्रो चरणमा ई–सिग्नेचर मोड्युल, डिजिटल अभिलेख व्यवस्थापन प्रणाली, नागरिक गुनासो तथा सुझाव व्यवस्थापन, कार्यालय टिप्पणी लेखन तथा व्यवस्थापन, डिजिटल भुक्तानी तथा राजस्व संकलन, विकास निर्माण अनुगमन तथा सूचना, सार्वजनिक सूचना, कार्यालय विवरण, विपद् , डेटा दृश्यावलोकन, डेटा सुरक्षालगायत प्रणालीको विकास गरिने उपमहानगरले जनाएको छ ।

0 Comments